बेथानचाेक– काभ्रे जिल्लाकाे बेथानचाेक गाउँपालिका भित्रका सबै विद्यालयहरु बन्द हुने भएकाे छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै सबै विद्यालहरु बन्द हुने जनाएकाे हाे ।

सूचनामा भनिएकाे छ, ‘मिति २०८१-६-११ गते देखि भएको अविरल बर्षाको कारण बेथानचोक गाउँपलिकाको विभिन्न स्थानमा भौतिक तथा मानविय क्षति भएको साथै बिद्यार्थीहरु तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको हुदा र बिद्यालय भवनहरुमा आवश्यक व्यबस्थापन गर्नु पर्ने भएको हुदा अर्को सूचना प्राप्त नभए सम्मको लागि यस गाउँपालिका अन्तर्गत रहेका सार्वजनिक विद्यालयहरु बन्द हुने व्यहोरा जानकारी गराईन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।