महाभारत– काभ्रे जिल्लाकाे महाभारत गाउँपालिकामा अविरल वर्षा, बाढीपहिराेका कारण कुनै मानविवय र भाैतिक क्षति नभएकाे गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिएका छन् ।
गाउँपालिका जाने सडकहरु विभिन्न ठाउँमा अवराेध भएपनि ठूलाे धनजनकाे क्षति नभएकाे अध्यक्ष जिम्बाले बताए । सञ्चारमा भएकाे अवराेध र विद्युत अवराेधका कारण चाँडाे सूचना लिन नसकेपनि उनले बताए ।
‘अहिलेसम्म को जनाकारी अनुसार महाभारत गाउपालिका मा हाल सम्म मा अबिरल वर्षा बाढी पहिरो को कारण कुनै पनि मानविय तथा ठूलो भौतिक क्षति नभएको जानकारी गराइन्छ ।’ अध्यक्ष जिम्बाले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























