धुलिखेल– विहिबारदेखि आएकाे अविरल वर्षाका कारण काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नं. ९ मंगलटारमा फसेर बसेका ८७ जना यात्रुहरुलाई नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत उद्धार गरिएकाे छ ।

आज विहानै देखि तयारी गरेर उनीहरुकाे उद्धार गरिएकाे जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपक गाैतमले जानकारी दिए । उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रमुख गौतमले जानकारी दिए ।

शनिबार नै हेलिकप्टर आएपनी उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ ।

रोशीको बाढीले बिपी राजमार्ग बगाएपछि ३ दिनदेखि करिब २ देखी ३ हजार अलपत्र थिए । सेनाको हेलिकप्टरले अत्यावश्यक तयारी खानेकुरा तथा पानी उपलब्ध गराएको छ । साे स्थानमा सुत्केरी महिला, वालवालिका, बृद्धबृद्धाहरु समेत रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।