पनाैती– काभ्रे जिल्लाकाे पनाैती नगरपालिकाले उद्धार तथा राहत कार्यमा सहभागिताका लागि सार्वजनिक  अपिल गरेकाे छ । नगर प्रमुख रामशरण भण्डारीले आज (साेमबार) एक विज्ञप्ति जारी गर्दै साे अपिल गरेका हुन् ।

नगर प्रमुख भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहि आश्विन १० गते देखि परेको अविरल बर्षात्का कारण उत्पन्न वाढी पहिरोबाट यस पनौती नगरपालिका क्षेत्र भित्र ठूलो जन धनको क्षति भएको दुःखद् घटना हामी सबैले महसुस गरिरहेको पिडा हो । दुःखको यस अवस्थामा यस नगरपालिकाको समन्वयमा रहि आ-आफ्नो इच्छा र हैसियत अनुरुप पिडितहरुको उद्धार तथा राहत कार्यमा सहभागि भईदिनुहुन सम्पूर्ण संघ-संस्था, पेशाकर्मी, व्यवसायी, नागरिक समाज लगायत सम्पूर्ण व्यक्तित्वहरुमा पनौती नगरपालिका हार्दिक आह्वान गर्दछ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।