धुलिखेल– बिपी राजमार्गअन्तर्गत काभ्रेको सदरमुकाम धुलिखेलदेखि भकुण्डेबेसी सम्मकाे सडक सञ्चालनमा आएकाे छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेलदेखि भकुन्डेबेँसीसम्मको सडक भने सोमबार साँझबाट सञ्चालनमा आएका हाे ।
यस अघि काभ्रेभञ्ज्याङसम्म मात्र सडक सञ्चालनमा थियाे ।
यसैबीच धुलिखेलदेखि मान्ती खोलासम्मको ५२ किलोमिटर सडकमध्ये तीन किलोमिटर सडक बाढीपहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेँसीसम्म ठाउँ–ठाउँमा पहिरोका कारण ७५० मिटर सडक अवरुद्ध भएको छ।
त्यस्तै, रोशीपुलदेखि मंगलटारसम्म एक हजार सात सय मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ। त्यस्तै, मंगलटारदेखि मान्ती खोलासम्म ११ किलोमिटर सकडमध्ये १४ सय मिटर सडक अवरुद्ध छ।
रोशीदेखि मान्ती खोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल सञ्चालन हुन कठिन रहेको प्रहरी अधिकारीले बताएका छन्। सो सडकखण्ड ठाउँ–ठाउँमा बाढीले कटान गर्दा सयौँ यात्रु बिचमा अलपत्र परेका थिए। केहीको उद्धार भएकोमा केही अझै उद्धारको प्रतीक्षामा छन्। केही पैदल हिँडेर सुरक्षित स्थानतर्फ गएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























