तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. १ काे कल्लेरीपाखा र वडा नं. २ काे ढडेनपाखामा पहिराेले पुरिएकाहरुकाे खाेजी कार्य जारी रहेकाे छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आज पनि खाेजीकार्यलाई जारी राखेकाे छ ।
तेमाल-१ कल्लेरीपाखा निवासी अन्दाजी ७८ वर्षिय दिलबहादुर भण्डारी (गाेपाल भण्डारी) र ७३ वर्षिय रूद्र लक्ष्मी भण्डारी शनिवारदेखि बेपत्ता छन् । सञ्चारमा अबरुद्ध भएकाेले उनीहरकाे खाेजी कार्य गर्न ढिलाइ भएकाे थियाे । स्थानीय स्थानीय राज त्रिपाठीका अनुसार आज विहानैबाट बेपत्ताहरुकाे खाेजीकार्य भइरहेकाे छ ।
यसैबीच त्रिपाठीका अनुसार सुनोकोसी नदीकाे किनारामा स्थित तेमाल–१, अमलटारि बगरमा १ अपरिचित व्यक्तिकाे शव फेला परेकाे छ ।
त्यसै गरी वडा नं. २ काे ढडेनपाखामा पनि बेपत्ताकाे खाेजी गर्दा ५ जनाकाे शव हिजाे नै भेटिएकाे छ भने ३ जनाकाे खाेजी कार्य जारी रहेकाे वडा अध्यक्ष देव तामाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























