धुलिखेल– अविराल वर्षाका कारण आएकाे बाढीपहिराेका कारण काभ्रेमा ६५ जनाले ज्यान गुमाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले आज साेमबार विहान दिएकाे जानकारी अनुसार ६ जना बेपत्ता छन् भने ५२ जना घाइते भएका छन् ।

यसैबीच हेलिकाेप्टर मार्फत ६ सय ८ जना र गाडी मार्फत ६ हजार ५ सय ३० जना, अन्य उद्धार ३ हजार ३ सय ९९  गरी १० हजार ४ सय ३७ जनाको उद्धार गरेकाे प्रहरीले जनाएकाे छ । असाेज १३ र १४ गते गररेकाे उद्धारमा भकुण्डेबाट ५ हजार ७१ जना, काभ्रेभञ्ज्याङबाट १ हजार ४ सय ५९ जनाकाे उद्धार गरिएकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।