बेथानचाेक– काभ्रे जिल्लाकाे बेथानचाेक गाउँपालिकाले प्राकृतिक विपदकाे समयमा विभिन्न कार्य गरिने भएकाे छ । गाउँपालिका उपाध्यक्ष तारा रानाका अनुसार गाउँपालिकाले सडक सञ्जाललाई व्यवस्थित बनाउने देखि पिडितलाई राहत वितरणलाई तिब्रता दिने भएकाे छ ।
अविरल वर्षाका कारण आएकाे बाढीपहिराेका कारण गाउँपालिका भित्र भएको धनजनकाे क्षतिकाे एकिन विवरण तयार गरेर यी कार्यहरु गरिने उपाध्यक्ष रानाले तेमाल अनलाइनलाई जानकारी दिए ।
यी हुन् तत्काल गाउँपालिकाले गरिने कार्यहरुः
१. गापा भित्रको मुलसडक बाटोबाट चलाल-क्लबघर देखी च्याम्राङ्बेसि सडक, तिप्चोक-पार्थली सडक, पनौती-मदनबास- भङला /भुग्देउ-मेधान्सु सडकट्र्याक खोल्ने काम तिव्रताको साथ आज असोज १५ देखि सुरु गरिदैछ ।
२. बनेपा स्थित नेपाल विद्युत प्राधिकरण काभ्रे बनेपा सग विद्युतको समस्या सहजीकरण / नेपाल टेलिकम बनेपासँग ntc network सहजीकरण र ncell network सहजीकरण गर्दै आजदेखी काम सुरु गरिने ।
३. मानवीय क्षतीमा परेको उद्घार कार्य १२ जनाको भैसकेको बेपत्ता खोजी कार्य जारी रहेको जानकारी गराइन्छ ।
४. बेथानचोक गाउपालिकामा बाढीपहिरोबाट बिस्थापित हुनुभएका सम्पुर्णलाई राहत ब्यवस्थापनका लागि गाउपालिकाबाट स्वीकृती लिएर एकद्वार प्रणाली मार्फत मात्रै राहत बितरण गरिनेछ ।
५. अति आवस्यक घरबासविहिन भएका नागरिकलाई पहिलो वर्गमा राखेर राहत सामाग्री बितरण गरिनेछ र अन्यको हकमा सम्पुर्ण / क्षति भएका घरपरिवारमा दोस्रो फेजमा राखेर राहत सामग्री ब्यवस्थापन गरिनेछ ।
६. खानेपानीको ब्यवस्थापनका लागि जनस्तरबाटै जनश्रमदानमा जुटेर क्षती भएका पाइपबाट बचेको पाइप प्रयोग गरेर आफ्नो गाउँटोलमा खानेपानीको अस्थायी रुपमा समाधान गर्दै जाने र थप व्यवस्थापनका लागि पालिका लागी परेको जानकारी गराइन्छ ।
७. बेथानचोकका प्रत्येक वडा कार्यालयमा हेल्पडेस्क संचालन गरेर सम्पुर्ण सुचनाहरु लिने दिने काम भैरहेको जानकारी गराइन्छ । आ-आफ्नो वडामा रहेका सुचनाहरु नजिकै रहनुभएका वडा जनप्रतिनिधि / शिक्षक एवं स्वास्थ क्षेत्रका कर्मचारीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौ ।
उपाध्यक्ष : तारा राना तिमल्सिना, सम्पर्कः 9708394200
बेथानचोक गाउँपालिका, काभ्रे।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।