राेशी– अविरल वर्षाका कारण आएकाे बाढी पहिराेका कारण काभ्रेकाे राेशी गाउँपालिका वडा नं. ९ मंगलटार लगायतका विभिन्न क्षेत्रमा अलपत्र अवस्थामा रहेका सर्वसाधारणकाे उद्धारमा इलाका प्रहरी कार्यालय, म‌गलटारले महत्वपूर्ण भूमिका खेलेकाे छ ।

५ सय भन्दा बढी सवारी साधनहरुमा यात्रारत ७ हजार भन्दा बढी यात्रुहरुकाे उद्धार गरिएकाे कार्यालय प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए । रातदिन साे क्षेत्रमा फसेका सर्वसाधारणकाे उद्धारमा लागेकाे इन्सपेक्टर गिरी नेतृत्वले ५ सय भन्दा बढी घाइते, फरक क्षमता भएका व्यक्तिहरु, अशक्तहरु, बालबालिकाहरु, जेष्ठ नागरिक लगायतकाे उद्धार र व्यवस्थापन गरेका थिए ।

विपदकाे बेला व्यवस्थापनमा अबिछिन्न रुपमा खटिइ देखाएकाे अदम्य साहद, सहयोग, उत्तरदायी भावना एबँ मानवियता प्रति हार्दिक गिरीले आभार समेत व्यक्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।