धुलिखेल– प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज काभ्रे आउने भएको छ । अविरल वर्षाका कारण आएकाे बाढीपहिराेका कारण क्षतिभएको क्षेत्रकाे अवस्था बुझ्न अध्यक्ष प्रचण्ड काभ्रे आउन लागेकाे हाे ।

माओवादी केन्द्र काभ्रेका संयाेजक भाेला अर्यालका अनुसार अध्यक्ष प्रचण्ड दिउँसाे ३ बजे धुलिखेल आइपुग्ने कार्यक्रम रहेकाे छ । धुलिखेलमा सुरक्षा निकायसँग केही छलफल गर्ने र धुलिखेल अस्पतालमा रहेका घाइतेहरुकाे अवस्था बुझ्ने कार्यक्रम रहेकाे संयाेजक अर्यालले तेमाल अनलाइनलाई बताए ।

त्यसैगरी बाढीपहिराे प्रभावित क्षेत्र पनाैतीमा जाने र यस क्षेत्रा जनसमुदायसँग उनीहरुकाे अवस्था बुझ्ने कार्यक्रम रहेकाे अर्यालले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।