चौंरीदेउराली– काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिकाले वर्षाजन्य विपदमा परी मृत्यु भएका व्यक्तिकाे पिरवारलाई ५० हजार रुपैयाँ नगद दिने निर्णय गरेकाे छ । गाउँ कार्यपालिकाकाे आज बसेकाे बैठले यस्ताे निर्णय गरेकाे प्रवक्ता एवं ८ नं. वडा अध्यक्ष धनबहादुर तामाङले जानकारी दिए ।

बैठकले गाउँपालिका भित्र अबरुद्ध रहेका मुख्य सडकहरु खुलाउने र बाँकी शाखा सडकहरु पनि खुलाउन आवस्यक स्रोत साधनको परिचालन गर्ने निर्णय गरेकाे प्रवक्ता तामाङले तेमाल अनलाइनलाई जानकारी दिए ।

‘बिपदमा परी घर विहिन भएका खाना बस्न समस्यामा परेका परिवारलाई वडा कार्यलयको समन्वयमा राहत उपलब्ध गराउने निर्णय गरेकाे छ ।’ बैठककाे निर्णय सुनाउँदै उनले भने, ‘क्षति भएका भौतिक संरचनाहरुको क्षतिकाे विवरण सङ्कलन गर्ने साथै निर्माण कार्य गर्न माथिल्लो निकायसँग आवश्यक समन्वय गरि आवश्यक बजेट माग गर्ने समेत निर्णय गरेकाे छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।