मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले बाढीपहिराेमा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ नगद प्रदान गरेकाे छ । यही असोज १२ गतेको भिषण वर्षासंगैको वडा नम्बर १० नारिम खर्कमा पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई नगद ५० हजार रुपैयाँ प्रदान गरेकाे हाे ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मृतकका परिवारलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । यस अघि नगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले प्रति मृतक ब्यक्तिलाई ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन अन्तर्गत मृतकका आफन्तलाई राहत रकम प्रदान गर्न थालिएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिए । नगरपालिकाभित्र ७ जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।

नगरपालिकाले खाद्यान्न लगायतका राहत सामग्री समेत उपलब्ध गराएको छ । नगरपालिकाले यसअघि वडा नम्बर ११ मा ४ जनाको ज्यान गएको स्थलमा पुगेर राहत सामग्री प्रदान गरिसकेको छ । त्यसै वडा नम्बर १२ मा पहिरोबाट विस्थापित हुन पुगेको परिवारका लागि समेत नगरपालिकाले राहत सामग्री प्रदान गरिसकेको छ ।

नगरपालिकाले धेरै जसो मुख्य मुख्य अवरुद्ध सडक सञ्चालनमा ल्यासकेको छ भने भित्री सडकहरु सञ्चालन गर्न पहिरो पन्छाउने काम गरिरकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।