बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ८ तिनदोबाटोचोकमा एक अपरिचित युवा अचेत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार २७/२८ को पुरुष ब्यक्ती लडेर निधारमा चोट लागी अचेत अबवस्थामा फेला परेका हुन् ।

उनलाई हाल शिरमेमोरियल अस्पतालमा उपचारको लागी लगिएको छ ।

घाईतेको कोही आफन्त समेत साथमा छैन् । उनको नाम, थर समेत खुलेको छैन् । इप्रका बनेपाले घाईतेका आफन्त वा उनलाई चिन्ने ब्यक्तिलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपामा सम्पर्क गर्नुका साथै कार्यालयको सम्पर्क नम्बर ९८५१२८२९१३ र ९८५१२००२९९ मा सम्पर्क गर्नुहुन अनुरोध गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।