राेशी– अबिरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भई सवारी साधन रोकिँदा अलपत्र परेका करिब २०० चालक र सहचालकहरुकाे स्वास्थ्य जाँच गरिएकाे छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीका अनुसार उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी र स्थानिय स्वास्थ्य चौकीको समन्वयमा स्वास्थ्योपचार र आवश्यक स्वास्थ्य सचेतना समेत प्रदान गरिएको हाे ।

अवरुद्ध सडकका कारण समस्या झेलिरहेका चालक-सहचालकहरुको खानेपानीको समस्या समाधान गर्न, स्थानिय तहले पानी छान्ने मेशिनको व्यवस्था गरेको छ। यसले उनीहरुलाई पिउन योग्य सुरक्षित पानी उपलब्ध गराएको छ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्य जाँच गरेका छन्। यसक्रममा, सामान्य स्वास्थ्योपचारसहित पानीजन्य रोगबाट जोगिन आवश्यक स्वास्थ्य सचेतना प्रदान गरिएको छ।

बिपदको यस घडिमा संयमता अपनाउँदै सुरक्षित रहन र एकअर्कालाई मानवीय सहयोग पुर्याउन सबैलाई हार्दिक अनुरोध गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।