राेशी– काभ्रे जिल्लाकाे राेशी गाउँपालकाका पूर्व अध्यक्ष डिबी लामाकाे समन्वयमा राेशी गाउँपालिका र तेमाल गाउँपालिलकामा बाढीपहिराे प्रभावित राेशी क्षेत्रमा राहत वितरण गरेकाे छ । तामाङ राष्ट्रिय मुक्ति माेर्चा नेपालका केन्द्रीय सदस्य गाैरब लामाका अनुसार राजु लामा फाउन्डेन(मङगोलियन हार्ड)ले राहतकाे व्यवस्था गरेको थियाे ।
राहत रोशी गाउँपालिकाकाे वडा नं. ४, ५, ६, ७ का १ सय घर धुरी लाई वितरण गरिएकाे थियाे । साे अवसरमा चामाल, दाल, मस्यौरा, खाने तेल र सोलार बत्ति वितरण गरिएको थियाे । वितरण कार्यक्रममा राेशी गाउँपालिकाका पूर्व अध्यक्ष डि.बी. लामा, गाउँपालिकाका उपाध्यक्ष मिम बा.वाईबा (ज्वाला), ७ नं. वडा अध्यक्ष असोक गौतम, राम कुमार श्रेष्ठ, तामाङ राष्ट्रिय मुक्ति माेर्चा नेपालका केन्द्रीय सदस्य गाैरब लामा लगायतका सहभागी थियाे ।
यसैबीच राजु लामा फाउन्डेन(मङगोलियन हार्ड)काे पवित्र कार्यकाे प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ र प्रदेश सभा सदस्य रत्न ढकालले राहत बितरण स्थलमै पुगेर धन्यबाद समेत थिएका थिए । साेही दिन सञ्चारकर्मी गङ्गा लामाले रोशी ८, ९ नार्के बजार क्षेत्र र तेमाल–५ तिनपिप्ले मा ६९ घर धुरीलाई त्रिपाल, सहित खाध्यान्न सामाग्री वितरण गरिएको थियाे ।
यस अघि पनि आनि छाेइङ डाेल्माले राेशी १, २, ३ र ४ मा पूर्व अध्यक्ष लामाकै समन्वयमा राहत वितरण गरिएको थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।