धुलिखेल– विहान सूचारु भएकाे वि. पि. राजमार्ग अबरोध भएकाे छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार आज विहान ०३ बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा. ११ पिप्ले वि.पि.राजमार्ग स्थितमा माथिबाट सुख्खा पहिरो आई अवरूद्ध भएको हाे ।
प्रहरीका अनुसार उक्त पहिरोले सिन्धुलीटबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नं. को बसलाई रोशी खोलामा अं. २० मि. तल बगाएको र खोटाङबाट काठमाण्डौं तर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको जनाएकाे छ । सुमोको पछाडीको भाग मात्र देखिएको अबस्थामा रहेको र मानबिय क्षती नभएको प्रहरीले जनाएकाे छ ।
बि.पि. राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्चि सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित बि.पि. राजमार्गमा पुन: सुख्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्नहुन प्रहरीले अनुरोध गरिएको छ । सडक बिभागसँग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।