धुलिखेल- इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेकटर कृष्ण गिरी सम्मानित भएका छन । ”६९ औँ प्रहरी दिवस २०८१” को अवसरमा ”उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार तथा कदर पत्र” बाट गिरी सम्मानित भएका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा तामाङले नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा समेत उत्कृष्ट कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक गिरीलाई कदर स्वरुप “उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार” प्रदान गरिएको जनाएको छ ।

गिरी अविरल वर्षाका कारण काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र खटिइ बिपि राजमार्गमा अलपत्र ७,०००० भन्दा बढी यात्रु तथा ७०० भन्दा बढि गाडिहरुको सकुशल उद्दार गर्दे समग्र बिपद व्यावस्थापनमा उहाँले पुर्याउनु भएको योगदानको नेपल प्रहरी भित्र मात्र नभइ आम नागरिकको समेत चर्चाको बिषय बनेको छ |

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।