बेथानचोक– काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिका वडा नम्वर ३ मा विपदमा परेका घरपरिवारलाई राहत वितरण गरेको छ । आज गाउँपालिकाका विपदमा  परेका ५ सय घर परिवारलाई खाद्यान्न, २ सय घर परिवारमा न्यानोका लागि ब्लाङ्गकेट र १९ घर परिवारलाई जस्तापाता सहयोग उपलब्ध गराईएको हाे ।

वडा नम्वर २ मा ११ घर परिवारलाई जस्ता पाता र ४ हजार मिटर २० एमएमको खानेपानीको पाईप उपलब्ध गराईएको छ ।

 

पाल्बर लिन्क सेन्टरका मास्टर जेन जोङ, राजु गुरुङ, मिङमार गुरुङ, टासी तेन्जेन लामा, केचुन गुरुङ, यसी तामाङ, पुकार तिमल्सिना, समुन्द्र तिमल्सिना, रेवटिन घले लगायतको उपस्थितीमा वडा नम्वर २ मा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष पुरुषोतम तिमल्सिना सहित उपभोक्ता समितिका अध्यक्षहरु, उपभोक्ताहरुलाई जस्ता पाता र खानेपानी पाईप उपलब्ध गराईएको थियो । त्यस्तै वडा नम्बर ३ मा वडा अध्यक्ष कुवेर ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराएको हो ।
बेथान्चोक संकटग्रस्त पालिका घोषणा भएको छ । एक सय भन्दा धेरै परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।