धुलिखेल– सरकारले विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरे गरेसँगै काभ्रे जिल्लाका ५ पालिकाले १/१ करोडका दरले राहत पाउने भएका छन् ।

सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

जसमा अतिप्रभावित पालिकामा परेका रोशी, तेमाल, बेथानचोक गाउँपालिका, पनौती र नमोबुद्ध नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यसैगरी मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाले ७५ लाख रुपैयाँ पाउनेछन् भने पाँचखाल नगरपालिकाले ५० लाख पाउनेछ ।

बनेपा र धुलिखेल नगरपालिका भने संकटग्रस्त पालिकामा परेका छैनन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।