पनाैती– काभ्रे जिल्लाकाे पनौती नगरपालिका वडा न: ७/८ का बाढीपहिरो प्रभावित ८० घरपरवारलाई राहत वितरण गरिएकाे छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दाेङ (लालध्वज)ले आज साे क्षेत्रका घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

साे अवसरमा फाईबर सिरक , चामल, दाल, चिनी, तेल, साबुन, टालो, ब्रस, मन्जन, लगाएतको सामाग्री वितरण गरिएको थियाे । राहत एनसियल फाउन्डेसनको आर्थिक सहयोग, भिसियन नेपालको समन्वय, युवा नेता तथा समाजसेवी नेकपा (माओवादी केन्द्र) खानिखोला गाउँकमिटीका अध्यक्ष अविरल जिम्बाको पहलमा वितरण गरिएको थियाे ।

राहत वितरण कार्यक्रममा भिसियन नेपालका अध्यक्ष दिपक चौलागाईं, नेकपा माओवादी केन्द्रका नेताहरु दावा घिसिङ, होम खुलान, निशान मोक्तान लगाएतको उपस्थिति थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।