धुलिखेल– नेपाल बार एशोसिएसन काभ्रे इकाईको अध्यक्षमा एमाले निकट हरिशरण दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा दाहालले नेपाली काँग्रेस निकट जयराम थापालाई एक मतले पराजित गरेका थिए ।

दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन थियाे भने थापालाई एकीकृत समाजवादी, नेपाली कांग्रेसको एउटा समुहका कानून ब्यवसायीहरुले समर्थन गरेका थिए । केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन भएका थिए ।

निर्वाचनबाट उपाध्यक्षमा निरोज प्रसाद नेपाल, सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्षमा मुकुन्द मुनकर्मी, सह–सचिवमा लालतारा अधिकारी निर्वाचित भएका छन् भने सदस्यहरुमा सुरज तिमल्सिना, सुविस्था जोशी, दिपेन्द्र दनुवार, शुरेश कुमार केसी, रमिला मानन्धर, उमा थापा, महेन्द्र तामाङ, राजेन्द्र पण्डित निर्वाचित भएका छन् ।

यसैबीच पार्षदमा विजय भक्त श्रेष्ठ, श्यामकृष्ण खत्री, कुमार प्रसार भट्टराई, कुमार थापा, रामप्रसाद मानन्धर निर्वाचित भएका छन् ।

यसैबीच जयराम थापा समुहबाट हरीशरण बस्नेत उपाध्यक्षको उम्मेदवार थिए । सचिव प्राणनाथ न्यौपाने थिए । कोषाध्यक्षमा पुष्पराज थापा थिए । सह सचिवमा जमुना पसंक्षेले उम्मेदवारी दिएका थिए । सदस्यहरुमा सुरेन्द्र आचार्य, परमात्मा पराजुली, राजेन्द्र तिमल्सिना, रमिता मानन्धर, श्रीकृष्ण बैंजु श्रेष्ठ, प्रल्हाद गिरी, राजु लामा, महेन्द्र तामाङ, बुद्धरत्न मानन्धर थिए । पार्षदमा जगत शाह, श्यामकृष्ण त्रिपाठी, सुर्यबहादुर गोले, कुमार थापा, राजु केसी, शान्ती धिताल उम्मेदवार थिए ।

मतदानका लागि १ सय २३ सदस्यीय मतदाता सूची सार्वजनिक भए पनि १ सय १५ खसेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षदमा निर्वाचित भएका छन् । बार एशोसिएसन काभ्रेमा नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी थिए । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस, समाजवादी र माओवादीका कानून ब्यवसायीहरुको गठवन्धन बनेको थियो । गठवन्धड्डनबाट समाजबादीका विष्णुप्रसाद सापकोटा अध्यक्षतामा निर्वाचित भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।