चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका बाढीपहिरो प्रभावित ३ सय घरपरिवारलाई राहत वितरण गरेको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका पिडितहरुलाई आइतबार माओवादी केन्द्रका नेताहरु, जनप्रतिनिधिहरुको सहभागीतामा सो राहत वितरण गरेको हो ।

एनसीआरसी नामक संस्थाको सहयोगमा चौरीदेउरालीमा गाउपालिका भित्र बाढि पहिरोले पिडित ३ सय १ घरधुरीलाई राहत वितरण गरेको माओवादी केन्द्र चौंरीदेउराली गाउँपालिका कमिटी इन्चार्ज तेज पन्तले जानकारी दिए ।

उनका अनुसार चामल २/२ बोराका दरले ६ सय २ बोरा, दाल, चिनी, तेल लगायतका खाद्यन्न बस्तुहरु र हाइजेनिक किट्स समेत वितरण गरेको छ । वडा नं. २ देखि ९ का पिडितहरुलाई सो सामाग्री वितरण गरिएको थियो । एकद्वारा प्रणालीबाट राहत वितरण गर्ने गाउँपालिकाको नीति अनुसार गाउँपालिका कार्यालयबाटै राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले जानकारी दिए ।

सो राहत सामाग्री लिएर नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य सांसद मीना तामाङ, पार्टीको केन्द्रीय सदसय तथा पूर्व गाउँपालिका अध्यक्ष दिननाथ गौतम, पार्टी वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, पार्टी वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका सचिब दैबलाल घिसिङ लगायतका नेताहरु पुगेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।