काठमाडौंमा हुने कार्तिक १० गतेको खबरदारी सभा किन ?

१. विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशिल, गैरजिम्मेवारी र योजनाबिहीनताका कारण बेपत्ताहरुको खोजी, उद्धार, राहत वितरण, घाइतेहरुको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन ।

२. ने.क.पा. (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निस्तेज पार्न । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्न,

३. सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारवाहीको दायरामा ल्याउन,

४. संविधान र लोकतन्त्रको रक्षा गर्न / मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई बिभाजन गर्ने उद्धेश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न,

५. शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन,

६. नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरुमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्धेश्यले महत्वपूर्ण सार्वजनिक संस्थान बिक्री गर्ने तयारी विरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न,

७. बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दवाव दिन,

८. सहकारी, मिटरब्याज र लघुवित्त पीडितहरुका समस्या समाधानका लागि आवाज बुलन्द गर्न । ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारवाही गर्न,

९. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा एवमं प्रवर्द्धन गर्न,

१०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरु विरुद्ध खबरदारी गर्न ।

  • २०८१ साल कार्तिक १० गते काडमाडौंको भृकुटिमण्डप प्रदर्शनीमार्ग जाऔं ।

  • सरकारको जनबिरोधी क्रियाकलापको भण्डाफोर गरौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बागमती प्रदेश समिति
उपत्यका बिशेष प्रदेश समिति
सम्पर्क समन्वय प्रदेश समिति

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।