तेमाल– बीपी राजमार्ग स्थित मंगलटार सडक खण्डबाट तेमाल गाउँपालिका आउने सडक आजबाट सूचारु भएको छ । यस अघि ३ दिन सूचारु भएपनि रोशीखोलाले अस्थायी पुल बगाएपछि पुनः अबरुद्ध भएको थियो ।
गत असाेज ११ र १२ गतेको अबिरल बर्षातको कारण विपि राजमार्ग मङ्गलटारमा अबरुद्ध भएको सवारी साधन असाेज २०, २१ र २२ गते बिपि राज्मार्ग मङ्गलटार, काल्धार, कुरुवास, तेमाल हुँदै बनेपा ४६२ सवारि साधन पास गरेकाे तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले जानकारी दिए । त्यसपछि अबरुद्ध भएकाे सडक आजबाट पुनः सञ्चालन भएकाे उनले बताए ।
तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर र वडा नं. ७ का वडा अध्यक्ष तथा प्रवक्ता इन्द्रलाल तामाङ लगायतका जनप्रतिनिधिहरुको अथक प्रयत्न पछि आज सो सडक सूचारु हुन सफल भएको हो ।
यो सडक सूचारु भएपछि मंगलटार कुरुवास नारायणस्थान हुँदै भकुण्डे पुग्न सहज हुने भएकोले बीपी राजमार्गको सवारी चापलाई घटाउन सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए ।
भकुण्डे तेमाल हुँदै मंगलटार या माम्ती सडक खण्डलाई बैकल्पिक राजमार्गको रुपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























