पनाैती– काभ्रे जिल्लाका पनौती नगरपालिका वडा नं. ०९ रातमाटेमा जुवातास खेलेकाे आराेपमा प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक  मिन बहादुर घलेका अनुसार साे स्थानमा रहेका लक्ष्मी थोकरको घरमा अबैध रुपमा पैसाको हारजित हुने गरी जुवा तास खेलि खेलाई रहेको उनीहरुलाई बुधबार पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला खानीखाेला गा.पा. वडा नं. ०५ स्थाई घर हाल पनौती न.पा.वडा नं.०९ बस्ने बर्ष ३७ को देवराज बल, सिन्धुली जिल्ला हरीहरपुर गढी गा.पा. ०१ हालको जिल्ला काभ्रे पनौती न.पा.०९ बस्ने वर्ष २० को निरजमान घिसिङ, काभ्रेपलाञ्चोक जिल्ला पनौती न.पा.वडा नं.०९ बस्ने  वर्ष २६ को गोल बहादुर घिसिङ, जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा.वडा नं.०९ बस्ने बर्ष १९ को जगत बहादुर घिसिङ, जिल्ला काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. ०९ बस्ने वर्ष ५६ को अक्कल बहादुर घिसिङ रहेका छन् ।

प्रहरीका अनुसार इ.प्र.का बनेपा काभ्रेबाट प्रहरी अधिकृत सहितको टोली खटि गई हेर्दा ती ब्यक्तिहरुले तासको खाल बनाई पैसाको बाजि थापी अबैध रुपमा तास खेली रहेको अवस्थामा तास खालबाट बिभिन्न दरका २,०००/- र जुवा खेल्ने ब्यक्तिहरुको साथबाट जम्मा रकम रु ९५,०००/- (पन्चानब्ये हजार) फेला परेको छ ।

उनीहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मुलुकी अपराध संहिता, २०७४ को दफा १५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा दिन-५ (पाँच) म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।