तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाले नामदर्ता छुट भएका बाढीपहिरोबाट क्षति ग्रस्त पीडीत परिवारहरुलाई नाम दर्ता गर्न अनुराेध गरेकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूचना जारी गर्दै २ दिनभित्र नाम दर्ता गर्न अनुराेध गरेकाे छ ।

‘यस तेमाल गाउँपालिकाभित्र मिति २०८१।०६।११ र १२ गतेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले घर पूर्ण/आंशिक क्षति र जोखिममा रहेका व्यक्तिहरुको वडा कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणमा नाम छुट भएका व्यक्तिहरुले सम्बन्धित वडा कार्यालयमा गई २ दिन भित्रमा तपशिल बमोजिमको आवश्यक कागजातहरु पेश गरी नामदर्ता गरी दिनु हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिलः
१. नागरिकताको छायाप्रति १ थानऽ २. क्षति भएको फोटो’

यस अघि गाउँपालिकाले प्रत्यक वडामा कर्मचारी नै खटाएर विवरण संकलन गरेको थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।