महाभारत– बैदेशिक राेजगारकाे शिलशिलामा दुबईमा एक कम्पनीमा कार्यरत काभ्रे जिल्ला महाभारत गाउँपालिकाका वडा नं. ६, सल्लेनीका २८ वर्षीय दुधराज स्याङ्तानको मृत्यु भएको छ । काम गर्ने शिलशिलामा  चिप्लिएर खस्दा उनकाे मृत्यु भएकाे पारिवारिक स्रोतले बताएको छ ।

उदी दुबईको क्यापिटल एन्भलप्स एल.एल.सी कम्पनीमा कार्यरत २०८१ असोज १७ गते काम गर्ने क्रम अन्दाजी ४० मि. उचाईबाट सेफ्टी नभएका कारण चिप्लिएर खसेर टाउकोमा चोट भइ गम्भिर घाइते भएका थिए । उनको असोज १९ गते उपचारको क्रममा मृत्यु भएको हो ।

उनी ३ बर्ष देखि उक्त कम्पनीमा कार्यरत थिए । स्याङ्तानकाको शव कार्तिक १३ गते (भोलि) नेपाल ल्याउने तयारी रहेको पारिवारिक स्रोतले बताएका छ । दुधराज घरका ६ दाजुभाइमा माइलो छोरा हुन । उनका दुई छोरी र पत्नी छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।