धुलिखेल–  गत असाेज ११ र १२ गते परेकाे अविरल वर्षाका कारण पहिराेमा परी मृत्यु भएकाहरुलाई बेलायतमा रहेकाे नेपालीहरुकाे संस्ठा नाैमति बाजा समूहले आर्थिक सहयाेग गरेकाे छ । समूहले काभ्रे जिल्ला तेमाल गाउँपालिकाका १५ जना मृतकका परिवारालाई आर्थिक सहयाेग गरेकाे हाे ।

साे समूहले बेलायमा रहेकाे ५९ जना सहयाेगीहरुबाट संकलन भएकाे रकम तेमाल अनलाइन मार्फत तेमालमै पुगेर आज हस्तान्तरण गरिएकाे थियाे । समूहले प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले जम्मा १ लाख ५०हजार रुपैयाँ आर्थिक सहयाेग गरेकाे थियाे । पहिराेमा परि तेमाल गाउँपालिकामा १३ जनाकाे मृत्यु भएकाे थियाे भने २ जना अझै बेपत्ता छन् । साे सहयाेग रकम तेमाल गाउँपालिका वडा नं. ५ गिम्दी निवासी भिम माेक्तानको समन्वयमा पठाइएकाे थियाे । सहयाेग रकम वितरणका लागि माओवादी केन्द्र तेमाल गाउँपालिका कमिटी इन्चार्ज लालध्वज तामाङ, प्रदेश कमिटी सदस्य कल्पना माेक्तान, वडा नं. २ का वडा अध्यक्ष देवराज तामाङ, तेमाल अनलाइनका प्रधानसम्पादक ग्याम्जाे लामा लगायतका तेमालमा पुगेका थिए ।

पहिराेमा परि तेमाल-१ का डिलबहादुर भण्डारी र रुद्रकुमारी भण्डारी, वडा नं. २ मा सानू तामाङ, जीरामाया तामाङ, माइली तामाङ, कबिता तामाङ, मानजीत तामाङ, प्रिया तामाङ, सरोज तामाङ, रिया तामाङ, वडा नं. ४ मा माइली तामाङ, रमा लामा वडा नं. ६ मा दूधराज तामाङ, वडा नं. ७ मा पत्तली तामाङ र नक्कली तामाङकाे निधन भएको थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।