तेमाल– चितवन जिल्ला भरतपुर महानगरपालिकाले काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकालाई ५ लाख रुपैयाँ आर्थिक सहयाेग गरेकाे छ ।
अविलरल वर्षाका कारण तेमालमा पुगेकाे भएकाे धनजनकाे क्षतिलाई मध्य नजर गरेर महानगरपालिकाले राहत स्वरुप साे रकम सहयाेग गरेकाे हाे ।
महानगरपालिलकाकाे विपदकाेषबाट साे रकम बैक मार्फत तेमाल गाउँपालिकाकाे खातामा जम्मा गरेकाे छ । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले भरतपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् ।
‘बिपतको बेला , एकले अर्कोलाई साथ र सहयोग गर्न जरुरी सम्झेर सहयो गर्नुभएकोमा, भरतपुर महानगरपालिका प्रती हार्दिक आभार व्यक्त गर्दछु !!’ अध्यक्ष तामाङले भनेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























