मण्डनदेउपुर– काभ्रे जिल्लाकाे मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबाले विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यापकहरुलाई इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
आज शैक्षिक नमुना ग्रामीण विकास केन्द्रको १५ औं बार्षिक साधारण सभाकाे उद्घाटन गर्दै वाइबाले यस्ताे बताएका हुन् ।
केन्द्रले मण्डनदेउपुर नगरपालिकाभित्रको सामुदायिक विद्यालयहरुमा २०६४ सालदेखि शैक्षिक गुणस्तर सुधार क्षेत्रमा काम गर्दै आइरहेको छ । नगरप्रमुख वाईबाले सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि शैक्षिक नमुना ग्रामीण विकास केन्द्रले गरिरहेको सहयोगको प्रशंसा गर्दै विशेष धन्यवाद दिए ।
साथै उनले आगामी दिनमा अझ प्रभावकारी शिक्षण सिकाईको क्षेत्रमा उक्त संस्थासंग मिलेर काम गर्न नगरपालिका इच्छुक रहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























