धुलिखेल– काभ्रेमा आफ्नै ७४ वर्षिय बुबाको हत्या गर्ने जेठाे छाेरालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नमोवुद्ध नगरपालिका–७ धारापानी स्थित पुजारी थुम्काका रामलाल श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलनको आयोजना गरी ४४ वर्षिय श्रेष्ठलाई आज सार्वजनिक गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार रामलाललाई प्रहरीले कात्तिक २३ गते पक्राउ गरेको थियाे । श्रेठले कात्तिक ७ गते ७४ वर्षिय बुबा बल बहादुर श्रेष्ठको हत्या गरेका थिए ।
यस्ताे छ घट्ना विवरण
गत कात्तिक ८ गते अन्दाजी ८ बजेको समयमा स–परिवार खाना खाई सुत्न भनि चोटामा गाइसकेपश्चात रामलालले बुबासँग अंश मागेका थिए । बुबाले अंश दिन इन्कार गर्दै भाइहरुलाई पनि बोलाएपछि मात्र अंश दिने भनेपछि बुबा–छोराबीच भनाभन भएको थियो । त्यसपछि छोरा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा ४/५ पटक प्रहार गरेपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल प्रहार गरेका थिए । बुबा बल बहादुर भुँईमा ढले । सोही समयमा गलले घाँटी थिचेर हत्या गरी छोरा रामलाल फरार भएका थिए । रामलाल जंगलमा भागे । बाबु मरे कि बाँचेका छन् भनेर राति फेरी हेर्न आए । मरिसकेको थाहा पाए पछि फेरी जंगलमा भागे । यता बाबुको हत्याको खवर गाउँभर फैलियो । बाहिर रहेका दुई भाईहरु आए । बाबुको पोस्टमार्टम पछि दाहसंस्कार गरे । परम्परा अनुसार काजकिरिया बसे । तर उनिहरु जंगलमा नै लुकेर बसिरहे । १४ दिनसम्म उनले जंगलमा रहेको कुवाबाट पानी र नजिकै रहेको सुन्तलाको बगैचाको सुन्तलाको दाना खाएर ढोडमा लुकेर बसिरहे ।
खोजतलास गर्दै जाने क्रममा घर नजिकैको ढोडेनी बनमा लुकेर बसेको अवस्थामा कात्तिक २३ गते रामलाल पक्राउ परेका थिए । कात्तिक २५ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ ।
भिडियाे हेर्नुहाेस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























