तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ६ ठूलाेपर्सेलका बाढीपहिराे पिडितहरुलाई नगद तथा खाद्यान्न वितरण गरेकाे छ । गत असाेज ११ र १२ गते आएकाे बाढीपहिराेमा परी पिडितहरुलाई एक कार्यक्रमका बीच आइतबार राहत स्वरुप नगद र खाद्यान्न वितरण गरिएको हाे ।

राहत वितरणका लागि ठुलो पर्सेलको युवाहरु र युवा क्लवले पहल गरेकाे थियाे । वडा अध्यक्ष प्रेमबहादुर तामाङकाे राेहवरमा साे राहत वितरण गरेकाे थियाे ।

राहतकाे लागि ठूलो पर्सेलका युवाहरु राज लामा, सिजन लामा, डेनी तामाङ र मुक्ते लामाले पहल गरेकाे थियाे ।

पिडितहरुलाई ७ लाख ५४ हजार ८ सय ३५ रुपैयाँ रकम र दाल, चामल, तेल, नुन जस्ता खाद्यन्न सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।