तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकालाई नारी चेतना केन्द्र नेपाल नामक संस्थाले आर्थिक सहयाेग गरेकाे छ । गत असाेज ११ र १२ गतेकाे अविरल वर्षाका कारण आएकाे बाढीपहिराेबाट पिडितहरुलाई सहयाेगकाे लागि केन्द्रले तेमाल गाउँपालिकालाई आर्थिक सहयाेग गरेकाे हाे ।

उक्त रकम तेमाल गाउँपालिकाकाे विपत तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको छ । आज केन्द्रका सचिव शान्ति वाइबाले गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङलाई हस्तान्तरण गरेकाे थियाे । हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थाेकर, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठककाे समेत सहभागीता थियाे ।

नारी चेतना केन्द्रले गाउँपालिकालाई सहयाेग गरेकाेमा अध्यक्ष तामाङले आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।