बेथानचाेक– काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिकालाई नेकपा एमाले बेथानचोक गाउँपालिका कमिटीले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । गत असाेज ११ र १२ गतेकाे भारी वर्षाका कारण गाउँपालिकामा भएको क्षति र जनजीवनमा परेको असरप्रति संवेदना व्यक्त गर्दै साे ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।
विपदमा सामान्य राहत पाएपनि वास्तविक पिडितको पहिचान गरि पुनर्निर्माण तथा पुनर्बासको योजना बन्न नसकेको भन्दै आज नेकपा(एमाले) बेथानचोक गाउँपालिका कमिटीका अध्यक्ष कमल प्रसाद तिमल्सिनाले साे ध्यानाकर्षणपत्र बुझाएकाे जनाएकाे छ । ध्यानाकर्षण पत्रमा विपदको समयमा अवरुद्ध भएका सडक, विद्युत, खानेपानी लगाएका संचरना निमार्णमा भएको खर्चको विवरण तत्काल सार्वजनिक गर्न उल्लेख गरिएको छ । त्यसैगरि क्षति भएको खानेपानी तथा सिचाइको तत्काल मर्मत सुधार गरि सञ्चालन गर्न र पक्की संरचना निर्माणको योजना बनाउन उल्लेख गरिएको छ ।
यी हुन् ध्यानाकर्षण पत्र
श्री अध्यक्ष ज्यु
बेथानचोक गाउँ कार्यपालिकाको कार्यालय
काभ्रेपलाञ्चोक,
विषयः ध्यानाकार्ष सम्बन्धमा
यहि मिति २०६१ असोज १० देखि १२ गते सम्मको अविरल वर्षाको कारण उत्पन्न भएको बाढिपहिरोले बेथानचोक गाउ पालिकामा धनजनको ठूलो क्षति भयो। विपदमा परेर १३ जना नागरिकको अकाल ज्यान गयो । मानिसहरु घरबार बिहिन भए । हामी र हाम्रा अग्रजहरुको लामो संघर्ष र मेहनतबाट निर्माण भएका सार्वजनिक तथा सामुदायिक भौतिक संरचनाहरु क्षणभरमा नै खण्डहर भए प्राकृतिक प्रकोपमा परी आफनो जीवन गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै शोकाकुल परिवार जनमा गहिरो समबेदना प्रकट गर्दछौं ।
प्राकृतिक प्रकोपकोमा परेर क्षतविक्षत भएका मुल सडक, टेलिफोन, बिधुत लगाएतका संरचनाको छोटो समयमा मर्मत सुधार पछि सञ्चालनमा आएता पनि पालिका भित्रका अधिकांश बस्तीस्तरिय सडकको मर्मत हुन सकेको छैन । खानेपानीको समस्या जटिल छ । खोलाको मापदण्ड कायम गर्न तथा खोलामा आएको दुगा तथा गेग्रिनको व्यवस्था गर्न जरुरी देखिन्छ (कतिपय व्यक्तिगत घर गोठ सम्म जाने बाटो सञ्चालन हुन नसक्दा गोठबाट पशुचौपाय निकाल्न र भत्कीएका संरचनाको मर्मत सुधार हुन सकेका छैन ।बिपदमा परेका मानिसहरुले सामान्य राहात पाएता पनि बास्तविक पिडितको पहिचान गरी पुन निर्माण तथा पुनर्वासको योजना बन्न सकेको छैन । संकटग्रस्त क्षेत्रमा दिगो र गुणस्तरिय सेवा उपलब्ध गर्न गराउन स्थानिय सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहान्छौं ।
नेकपा एमाले एक जिम्बेवार राजनितिक दल हो । विपदको समयमा उद्वार, राहात र पुनःनिर्माणको काममा आफ्ना कार्यकर्ताहरुको परिचालन गरेको सर्वविदितै छ । अबका दिनमा पनि नागरिकका समश्या समाधान गर्दै दिगो विकासका कार्यमा सहकार्य गर्न हाम्रो पार्टी प्रतिबद्ध छ |पालिकाले संकटग्रस्त क्षेत्रको सुबिधा उपयोग गर्दै पालिका भित्र सञ्चालन भएका मर्मत सुधारका कार्यलाइ पारदर्शी र जबाफदेही बनाई सम्पन्न गर्नुको सट्टा काम सम्पन्न नहुदै मिति २०८१ साल कार्तिक २९गतेको दिन बसेको कार्यपालिका बैठकले तत्काल काम रोकी फिल्डमा रहेका डोजरहरु फिर्ता बोलाउने भनि गरेको निर्णय प्रति हाम्रो पार्टिको गम्भीर ध्यानाकर्षण भएको छ ।
बेथानचोक गाउँपालिका संकटग्रस्त क्षेत्र अर्न्तगत “क” वर्गमा परेको छ । पालिका भित्र सञ्चालनमा रहेका अधिकांश बस्तीस्तरिय सडक, खानेपानी, खोला नियन्त्रण, सरकारी कार्यालयको मर्मत सुधार लगाएत कतियय जटिल अवस्थामा रहेका व्यक्तिगत घर गोठ सम्म जाने निकास तथा पानीघाट सञ्चालन गर्न तथा बास्तविक पिडितको पहिचान गरी पुनः निर्माण तथा पुनर्बासको योजना बनाई दिगो र गुणस्तरिय सेबा उपलब्ध गराउनुको साथै बिगतमा भए गरेका कामको पारदर्शिता र जवाफदेति कायम गरी नागरिकको सुख, शान्ति, सम्बुद्धि र अमनचयन कायम गर्न स्थानिय सरकारको ठुलो जिम्बेबारी हुने हुँदा निम्न विषयमा अध्यक्ष मार्फत गाउ कार्यपालिका तथा स्थानिय जनप्रतिनिधिको गम्भीर ध्यानाकार्षण गराउन चाहान्छौ ।
तपशिल
१) विपद आफैमा एउटा जटिल अवस्था हो । विपदको समयमा सबैको सहयोग आवश्यक हुने सुदर तत्काल सर्वदलिय बैठक राख्न तथा नियमित गर्न ।
२) बिपदको समयमा अबरुद्ध भएका सडक, विधुत, खानेपानी लगाएतका संरचना निमार्णमा भएको खर्चको बिबरण तत्काल सार्वजनिक गर्न ।
३) वडा अध्यक्षको अध्यक्षतामा सर्बदलिय संयन्त्र बनाई बाकी रहेको बस्तीस्तरिय सडक, खानेपानी लगाएतका कामलाई निरन्तरता दिन ।
४) बिपदको कारणले क्षति भएको खानेपानी तथा सिचाईको तत्काल मर्मत सुधार गरी सञ्चालन गर्न र पक्की संरचना निर्माणको योजना बनाउन ।
५) गरिब विपन्न तथा बिकट क्षेत्रमा बसोबास गर्ने नागरिकको आवश्यकतालाई मध्यनजर गरी घर गोठ तथा पानीघाट सम्मको निकास सञ्चालन गरि दिन ।
६) तत्काल’खोलाको मापदण्ड काएम गरी खोलाको सिमाङकन गर्न र खोलामा थुप्रिएका ढुंगा, बालुबा तथा ग्राबेल बिक्रिको लागि आर्थिक, प्राविधिक तथा बाताबरणीय प्रस्ताव तयार गरी तत्काल
कार्यान्वयन गर्न ।
७) प्राविधिक सल्लाहा विपरित खोलाको किनारमा घर, गोठ तथा अस्थायी टहरा निर्माण गर्ने
कार्यलाई तत्काल नियन्त्रण गर्न ।
८) मापदण्ड विपरित सञ्चालन भएका खानी तथा क्रसरलाई साबिक के अवस्थामा सञ्चालन गर्न
सिफारिस तथा अनुमति नदिन ।
९) बिपदको कारणले व्यक्तिको घर गोठमा पुगेको बस्तविक क्षतिको बिबरण अझै एकिन हुन सकेको छैना समयमा वास्तविक पिडितको पहिचान गरी तत्काल अस्थायी संरचना निर्माणको गरी स्थायी पुनःनिर्माणको लागि श्रोत व्यवस्थापन गरी दिन ।
१०) गत आ.ब २०८०/०८१ मा सञ्चालन भएका योजनाको भुक्तानी अझै हुन नसकेको भन्ने व्यापक जन गुनासो सुनिन आएको छ। के कति कारणले भुक्तानी नभएको हो ? बास्तविक कारणको खोजि गरी तत्काल भुक्तानी गर्न जोडदार माग गर्दछौं ।
११) बिज्ञको राय सुझाब सहित सर्वपक्षिय भेला गरी पालिका स्तरिय दिगो बिकास योजना निर्माण गरी कार्यान्वयन गर्न ।
अन्तमा बिपदको यस घडिमा आ-आफ्नो क्षेत्रबाट सबैसंग समन्वय र सहकार्य गरी सकेको सहयोगगर्ने राजनितिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छौं ।
कमल प्रसाद तिमलसिना
अध्यक्ष, नेकपा (एमाले), बेथानचाेक गाउँपालिका कमिटी
मिति २०८१ मंसिर ४ गते
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























