रोशी– काभ्रे जिल्लाकाे राेशी गाउँपालिकाका १ सय ८० घरधुरीलाई साेलर बत्ति वितरण गरेकाे छ । गत असोज १० देखि १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोको कारण राष्ट्रिय प्रशारण लाइनको विद्युतविच्छेद भएको ११ नं.वडाका बासीन्दालाई सोलर बत्ति वितरण गरेकाे हाे ।
चीनको ह्वायान टेम्पल अफ छोङछिङको सहयोगमा ८० घरधुरीलाई सोलार वत्ती उपलव्ध गराइए जनाएको छ । नेपालस्थित चिनियाँ दुतावासमार्फत उक्त टेम्पलले रोशी गाउँपालिका र रसुवाको आमा छोदिङमो गाउँपालिका र गोदावरी नगरपालिकामा ‘गाउँ उज्यालो बनाउँ परियोजना’मार्फत सहयोग गरेको थियो ।
यसैबीच गाउँपालिका अध्यक्ष दिनेश लामाले अझै प्रशारण लाइन नपुगेको गाउँमा गरिएको रचनात्मक सहयोगको लागि आभार प्रकट गर्दै निरन्तरताको कामना गरे । उक्त सहयोगले स्थानीय, स्कुले बालबालिका र साना उद्यमी महिलालाई अझै सहयोग पुगेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























