बनेपा– तामाङ पत्रकार संघ काभ्रे शाखाको चाैथाे अधिवेशन सम्पन्न भएकाे छ । मंगलबार सम्पन्न अधिवेशनले लोक बहादुर लामाकाे अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
अधिवेशनले संघको उपाध्यक्षमा जीवन तामाङ, सचिवमा अशोक बुद्ध लामा, सहसचिवमा विजय जिम्बा र कोषाध्यक्षमा लालध्वज तामाङ चयन भएका छन् भने सदस्यहरुमा सिर्जना तामाङ, विकेश तामाङ र विजय तामाङ चयन भएका छन् । १ जना भने पछि मनोनित गरिने बताइएकाे छ ।
कार्यक्रमकाे उद्घाटन संघका केन्द्रिय महासचिव तिर्थ वलले गरेका थिए । अधिवेशनले निवर्तमान अध्यक्ष अञ्जली तामाङले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेकाे थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























