हेटौंडा– मकवानपुरका एक युवाकलाई बलात्कार गरेको ठहर गर्दै मकवानपुरका एक युवकलाई ७ वर्ष कैदकाे फैसला गरेकाे छ । छिमेकी महिलालाई बलात्कार गरेको ठहर गर्दै उनलाई जिल्ला अदालत मकवानपुरले यस्ताे फैसला सुनाएको हाे ।

अदालतले युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडकबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ ।

जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।