बनेपा– काभ्रे जिल्ला स्थित बनेपाकाे चारदोवाटोमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा लागु ओषध नियन्त्रण सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काभ्रे, जिल्ला प्रहरी कार्यालय, काभ्रे र विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा धुलिखेल अस्पपतालमा रहेको ओसिएमसी मार्फत सडक नाटक प्रर्दशन गरिएको थियो । सडक नाटकले घर भित्र हुने लैङ्गिक हिंसामा परिवारका सदस्यहरुको भूमिका र त्यसको न्यूनिकरणका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक रमेश थापा, वडा अध्यक्षहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ओसिएमसी समन्वय प्रमुख सनिता सुर्खेती, प्रहरी निरिक्षक सरस्वती कार्की लगायतले लैङ्गिक हिंसा न्यूनिकरणका बारेमा जानकारी गराएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























