चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चाैलागाईले वडा न. ३ माझीफेदा स्थापना भएको कृषि उपज संकलन केन्द्रको उद्घाटन तथा संकलन केन्द्रको गाडी हस्तान्तण गरेकाे छ ।
कोरियाली अन्तराष्ट्रिय सहयोग नियोगको(KOICA) अनुदान सहयोगमा,सन २०२० देखि २०२४ सम्म संचालित कृषि र आय वृद्धिका का माध्यमबाट नेपालका ग्रामिण समुदायका शसक्तिकरण परियोजना (इ. आर. सी. एन)अन्तर्गत कोरिया इन्स्टिच्युट डेभलोप्मेंट स्ट्राट्रेजी, सहमति संथा र धुलिखेल अस्पताल र चौंरीदेउराली गाँउपालिकाको सहकार्यमा चौंरीदेउराली गाउँपालिका वडा न. ३ माझीफेदा स्थापना भएको कृषि उपज संकलन केन्द्रको उद्घाटन तथा संकलन केन्द्रको गाडी हस्तान्तण गरिएको हाे ।
उक्त्त समारोह कोइका नेपालका तथा कोरिया इन्स्टिच्युट डेभलोप्मेंट स्ट्राट्रेजीका प्रतिनिधि तथा इ.आर.सी. एन परियोजना का कार्यक्रम व्यवस्थापक डा. हयून सुक चोइ तथा चौंरीदेउराली गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाईं को बिशेष अध्यक्षता भएको थियो l स्थानीय किसानहरुको बजार सम्म पहुँच पुरयाई उनिहरुको आर्थिक स्तरउन्नति गर्ने हेतुले स्थापना भएको संकलन केन्द्रमा संकलन भएका कृषि उपजहरु लाई बजारसम्म ढुवानी गर्ने हेतुले इ आर सी एनले चौंरी देउरालीलाई गाउँपालिका लाइ हस्तान्तरण भएको सहयोग गरेको ढुवानी गाडी सार्बजनिक निजि सहकार्यको अवधारणा अनुरुप उक्त सवारी साधन चौंरीदेउराली कृषि उपज संकल केन्द्र संचालन समिति को रोहबरमा संचालन हुने गरि उक्त वडामा रहेको श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी लाइ पुन: हस्तान्तरण गरियको थियो l
उक्त समारोह श्री कल्याणकारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष्य लक्ष्मण गौतमले आगामी दिनमा संकलन केन्द्रका माध्यमबाट ग्रामिण क्षेत्रका किसानहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गरि उनिहरको आतरथीक स्थिति उकास्न सहयोह पुर्याउने साथै सवारी साधनको भरपुर प्रयोग हुने गरि उत्पादन बढाउन स्थानीय किसानहरुलाई आग्रह गर्नुभयो l
उक्त समारोहमा चैरिदेउराली गाउँपालीका वडा न . ३ का अध्यक्ष्य चित्र प्रसाद चौलागाईंले यो अवसर एक ऐतिहासिक भएको बताउदै कोइका इ आर सी एन परियोजनाले आर्थिक उपार्जन, स्वास्थ्य र पोषणका क्षेत्रमा अतुलनीय योगदान पुर्याई ग्रामिण भेगका किसानहरुको जिबिकोपर्जनमा सकारात्मक योगदान पुर्रयाउन सफल भएको बताउनुभयो l साथै उहाले अबका दिनमा सहकारीले स्थानीय किसानहरुको पक्षमा काम गरि स्थानीय किसानहरुलाई गाउँमै कृषिका माध्यमद्वारा रोजगारी सृजना गर्न सकिन्छा भन्ने विश्वास सक्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो .
मन्तव्यका क्रममा सहमति संथाका अध्यक्ष्य होमनाथ सुबेदीले कोइच इ आर सी एन परियोजनाको उद्देश्य अनुरुप कृषक हरुको संथागत तथा नेतृत्व विकास , सामुहिक बचत वृद्धि, कृषि र पशुजन्य ब्यवासय मार्फत आय आर्जनमा उल्लेखेनिया वृद्धि भएको जानकारी दिनु भयो l साथै सुबेदीले स्थानीय सरकार र परियोजनाको राम्रो सहकार्य, तत्परता र मेहनतले गर्दा यी उपलब्धिहरु हासिल भएको र यो उपलब्धिहरुलाई दिगो बनाउने स्थानीय सरकार, संकलन केन्द्र समिति र सहकारीको अहम भूमिका रहेको बताउनु भयो l
कोइका नेपालका तथा कोरिया इन्स्टिच्युट डेभलोप्मेंट स्ट्राट्रेजीका प्रतिनिधि तथा इ.आर.सी. एन परियोजना का कार्यक्रम व्यवस्थापक डा. हयून सुक चोइले कोइका परियोजनाले अहिले सम्म गरेका महत्वपूर्ण उपलब्धिहरुमा स्थानिय सरकार, स्थानीय किसानहरु र परियोजनको मेहनतको भूमिका रकेहो जानकारी गराउदै यस परियोजना बाट चौरिदेउराली गाउँपालिका वडा न. ३ ले प्राप्त गरेका उपलब्धिहरुलाई बधाई तथा शुभकामाना ब्यक्त गर्नु भयो l साथै उहाले कोरिया सरकार र नेपाल सरकार बिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औ बर्ष पुरा भएको यो बर्षमा माझीफेदा कृषि उपज संकलन केन्द्रको उद्घाटन हुनेले दुइ देश बिचको मित्रवत सम्बन्धलाई अझ मजबुद पारेको आशय ब्यक्त गर्नुभयो l
कृषि उपज संकलन केन्द्रको उद्घाटन तथा संकलन केन्द्रको गाडी हस्तान्तण समारोह चौंरीदेउराली गाउँपालिका अध्यक्ष्य रेणुका चौलागाईले ग्रामिण क्षेत्रका किसन्हारुकी स्वाथ्य, आयआर्जन र पोषणमा टेवा पुगें गरि एकीकृत रुपमा संचालन भइ ग्रामिण भेगमा सकारात्मक परिवर्तन गर्न सफल भएकोमा कोरिया सरकार र सम्पूर्ण परियोजानाका साझेदारी संस्थाहरु र सरोकारवाला हरुलाई धन्यवाद प्रकट गर्नु भयो l उहाले गाउँपालिकाको नीति अनुसार ने कृषि आधुनिकीकरण, व्यवसायिक खेति र पोषण सुधारलाई प्रथमिकतामा राखी यस परियोजनाले स्थानिय किसानहरुलाई कृषि व्यवसायमा उन्मुख बनाउन सफल भएको बताउदै आगामी दिनमा गाउँपालिका ले कृषि र पशुपालना लाइ थप सहयोग पुराउने जानकारी दिनु भयो l साथै उहाले कृषि उपज संकलन केन्द्र र ढुवानी गाडीका माध्यमबाट सिंगो गाउँ पालिका कृषि उपज हरुको बजारीकरणको सुनिश्चितता भएकोले किसानहरुले उत्पादन बृद्धि गर्न आग्रह गर्नु भयो l
श्री बुद्ध हिमालय मा वि क प्रधानाध्यापक राजु संचालन गर्नु भएको उक्त समारोहमा कृषि मेला प्रदर्शनी, चौरिदेउराली गाउँपालिका र श्री कल्याणकारी बहुउद्देश्यीय सहकारीद्वारा दार्ती निकाय र परियोजनाका सझेदरिह्रुको सम्मान र परियोजनाको तर्फबात उत्कृष्ट उत्पादनकर्ता बचतकथा कृषक समुहहरुको सम्मान र १८ वटा कृषक समुहलाइ सम्मान गरियको थियो l साथै श्री बुद्ध हिमालय मा वि का छात्राहरुद्वारा संस्कृतिक प्रस्तुति गरिएको थियो l
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























