राेशी– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्याक्ष श्रीदास लामाको निधन भएको छ । वडाध्याक्ष लामाको उपचारको क्रममा आज अस्पतालमा निधन भएको हो । लामा विगत साढे एक वर्षदेखि उपचार गराइरहेका थिए ।
वडाध्याक्ष लामा नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । जिल्ला अध्यक्ष राजन भुर्तेलले आज शोक वक्तव्य मार्फत वडाध्याक्ष लामाको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।
‘यो दुखद घडिमा श्रीदास लामाप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।’ पार्टी अध्यक्ष भुर्तेलले भनेकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























