धुलिखेल/ धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सञ्चालक समिति सदस्य आत्मराम पाेखरेल पक्राउ परेका छन् । धुलिखेल क्षेत्रको सडक विस्तारका क्रममा निस्किएका पाईपहरु समितिलाई जानकारी नै नगराई कवाडीमा विक्री गरेको अभियोगमा पाेख्रेल पक्राउ परेका हुन् ।
समितिका अध्यक्ष कृष्णभुषण खोंजुले समितिका संचालक सदस्य पाेखरेल सहित कर्मचारी र कवाडी ब्यवसायी विरुद्ध आज जाहेरी दिएका छन् । धुलिखेल नगरपालिका वडा नम्वर ३ निवासी पोखरेलले करिव ३ सय केजी भन्दा धेरै पाईपहरु कवाडीमा विक्री गरी समितिलाई हानी नोक्सानी पुर्याएको जाहेरीमा उल्लेख छ ।
करिव ३ सय किलो पाईपको मुल्य १६ हजार रुपैयाँ जतिमा विक्री गरेको पोखरेलले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























