तेमाल– इलाका प्रहरी कार्यालय, मंलगटार मातहतका प्रहरी चाैकीहरु निरिक्षण गरेकाे छ । साेमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का र इलाका प्रहरी कार्यालय, मंलगटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले साेमबार निरिक्षण गरेका हुन् ।
साे टाेलीले प्रहरी चौकी भकुण्डेवेशी, प्रहरी चौकी कानपुर, प्रहरी चौकी पोखरी नारायणस्थान, प्रहरी चौकी कटुन्जे समेतको आन्तरिक तथा बाह्य सम्पुर्ण निरीक्षण एवँ अनुगमन गर्नु भइ निर्देशन आवशयक निर्देशन दिएका थिए ।
निरीक्षण भ्रमणकै क्रममा इलाका प्रहरी कार्यालय, मंलगटारमा स्थापित पुस्तकालय सहितको बहुउदेश्यीय हलको अवलोकन गर्नुका साथै मनसुनजन्य विपद व्यवस्थापनको क्रममा गरिएको कार्य लगायत मातहत कार्यालयहरुबाट सम्पादित समग्र प्रहरी कार्य सम्बन्धमा तयार गरिएको वृत्त चित्र समेत हेरेका थिए ।
सोहि क्रममा प्रहरी चौकी कानपुरको निर्माणाधिन भवनको समेत अवलोकन गरि स्थानियबासीहरुसँग अन्तरक्रिया समेत गरेका थिए । निरीक्षण भ्रमणकै क्रममा प्रहरी चौकी भकुण्डेवेशी तथा प्रहरी चौकी पोखरी नारायणस्थानको लागि प्रदत्त जग्गाहरुको समेत निरीक्षण, अवलोकन गरेकाे थिए ।
साेहि क्रममा तेमाल गाउँपालिकाको कार्यालय समेत अवलोकन गरि तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ लगायत जनप्रतिनिधिहरुसँग सुरक्षा लगायतको समसामयिक विषयमा छलफल अन्तरक्रिया भएकाे थियाे ।
प्रजिअ ढकाल र प्रहरी प्रमुख खड्काले यहि असोज १०, ११, १२ गतेको अविरल वर्षा, वाढि, पहिरोको कारण सिर्जित प्राकृतिक विपत्तिको समयमा प्रहरी कर्मचारीहरुद्वार निर्वाह गरेको भूमिका प्रति उच्च मुल्याङ्कन गर्दै धन्यवाद व्यक्त गर्दै त्यस्तै तवरले सदैव नागरिक सेवामा समर्पित हुन सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई अमुल्य निर्देशन दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























