खानीखोला – काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । खानीखोला गाउँपालिका र ग्रेस नेपालको आयोजनामा सम्पन्न साे शिविरबाट ३ सय ९१ जना लाभान्वित भएका छन् ।
गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमिख अतिथ्यतामा सम्पन्न शिविर गाउँपालिकाको केन्द्र तालढुङ्गा स्वास्थ्य केन्द्रमा सञ्चालन भएकाे थियाे । गाउँपालिका सातै वटा वडालाई समेट्ने गरि गाउँपालिकाको समन्वय ग्रेस नेपालको आयोजनामा काठमाडौ मेडिकल कलेजको प्राबिधिक सहयोगमा यस एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोमा आयोजक टिम प्राबिधिक सहयोग गर्ने संघ संस्थाहरुलाई अध्यक्ष थिङ्ले धन्यवाद व्यत्त गरेको थिए ।
जिल्लाकै बिकट गाउँपालिका आर्थिक रूपमा न्यून रहेकोले यस शिविरमा विभिन्न रोगहरुको पहिचान तथा परामर्श चेक जाँच गरि १६ वटा रोगहरुको निशुल्क औषधि बितरण गरेका थिए । ग्रेस नेपालको अध्यक्ष राज कुमार थापाको अध्यक्षता संचालन भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा वडा न:५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए । खानीखोला वडा न: ६ चनौटेमा असोज ११ र १२ गते गएको विनाशकारी बाढीपहिरो परी घरबार बिहिन १२ घर घुरीका लागी १ सेट ओडने ओछ्याउने ग्रेस नेपाल अध्यक्ष राजकुमार थापाको उपस्थितिमा बितरण गरेको छ ।
ग्रेस नेपालको आयोजना तथा काठमाडौं मेडिकल कजेल, शिक्षण अस्पताल सिनामङ्गलको प्राविधिक सहयोग, स्वास्थ्य शिविर सम्पन्न भएको हो । जनरल मेडिसिन, प्रजनन तथा स्त्रीरोग, बाल रोग, शल्यक्रिया, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त रोग, ईसिजी सेवा, भिडियो एक्सरेको सेवा तालढुङ्गा स्वास्थ्य इकाईबाट सेवा दिएको थियो ।
एक दिने निशुल्क स्वास्थ्य शिविर उदघाट्न सत्रका खानीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, समाजसेवी मिना पाख्रीन, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























