–अशाेकबुद्ध लामा
रोशी– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रोशी गाउँपालिका वडा नं। ९ मा रहेको श्री मंगल जन विजय मा।वि। का ४ सय जना र श्री शान्ति बुद्ध आधारभुत विद्यालयमा ४७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरि जाडोमा विद्यार्थीहरुलाई ट्रायक सुट वितरण गरेको हो ।
वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख नायव कार्यकारी अधिकृत दिप बहादुर बि सीले सिटिजन लाइफ इन्स्योरेन्सले गत असोजको वर्षाले काभ्रेमा क्षति भएको र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताए ।
विशेष अतिथि प्रमुख बजार व्यवस्थापक भूषण रिमालले ले असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको र विद्यार्थी भोलिको देशको कर्णधार भएको र विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरे । त्यसै गरि समाजसेवी शिक्षाप्रेमी शंख बुद्ध लामाले( आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद गर्दै बिमा बुढेसकालमा सहारा हुने भएकोले बिमा गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, एजेन्सी मेनेजर अशोक बुद्ध लामा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामा, प्रमुख बजार व्यवस्थापक भूषण रिमाल लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























