चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चाैंरीदेउराली गाउँपालिकाले सार्वजनिक स्थल अतिक्रमण गरि निर्माण गरिएकाे घर, गोठ, टहरा ३५ दिन भित्रमा हटाउन अनुराेध गरेकाे छ । प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूजना जारी गर्दै यस्ताे अनुराेध गरेकाे हाे ।
सूचनामा भनिएकाे छ, ‘यस चौंरीदेउराली गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८१/०८/२६ गतेको बैठकको निर्णयानुसार ढाँडखर्क भन्ज्याङको साविक गाउँपालिकाको प्रशासनिक कार्य संचालन गर्दै आएको स्थानमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नुपर्ने भएकोले उक्त भवन निर्माणास्थल वरिपरि २०० मिटर भित्रको सार्वजनिक क्षेत्रमा सार्वजानिक जग्गा अतिक्रमण गरी बनाइएका घर, गोठ, टहरा लगायतका भौतिक संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र हटाइ खाली गरि दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त समायावधि भित्र नहटाएमा नियमानुसार भै जाने व्यहोरा समेत जानकारी गराइन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























