महाभारत– काभ्रेकाे महाभारत गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा छैठौँ अध्यक्षकप प्रतियोगिता आजबाट शुरु भएको छ । पालिका भरिकाे विद्यालयबाट प्रतियाेगितामा भाग लिएका छन् । 

विभिन्न खेलहरु समावेश भएकाे साे प्रतियाेगिताकाे बाग्मती प्रदेश सभा सदस्य तथा पुर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथीकाे रुपमा महाभारत गाँउपालिकाका अध्यक्ष कान्छाला जिम्बा, उपाध्यक्ष सागर माेक्तान र महाभारत गाँउपालिका प्रमुख प्रशसकिय अधिकृत राम बहादुर तामाङ, वडा नं. १ देखि ९ सम्का वडा अध्यक्षहरुकाे सहभागीता थियाे । 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।