लिस्बन– विगत लामाे समयदेखि क्यान्सर रोगबाट पीडित गायिका इन्दिरा गोले गुरुङलाई पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलले रकम संकलन गरेर गायिका गोलेको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेको हो ।
घेदुङले पोर्चुगलमा सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत संकलित दुई हजार तीन सय ४५ यूरो अर्थात् रु.तीन लाख ३२ हजार पाँच सय ७९ नगद रकम पीडित गोलेलाई उपलब्ध गराएको हो ।
सहयोग रकम ‘इन्दिरा गोले बचाउ अभियान’ का संयोजक योगेश लामा र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानमार्फत गोलेलाई हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष फूर्पा तामाङले जानकारी दिए । पीडित गोलेको आर्थिक अवस्था कमजोर रहेको र उनको उपचारमा थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले आर्थिक संकलन गरेर सहयोग रकम नेपाल पठाइएको तामाङले बताए ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा समर्पित रहँदै आएकी गायिका गोलेले विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी गोले हाल उपचाररत छिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























