साईप्रसमा ‘ल्होछार धमाका–२०१९’ को आयोजना गरिने

सुनिला दोङ
साईप्रस । बैदेशिक रोजगारको सिलसिलामा साईप्रस पुगेका तामाङहरुले ‘ल्होछार घमाका–२०१९’ को आयोजना गर्ने भएको छ । नेपाल तामाङ घेदुङ साईप्रस शाखाको आयोजनामा धमाका हुन लागेको हो ।

‘तामाङ भाषा, धर्म ,संस्कृति र परम्पराको संरक्षण गरौंं ! २८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं !’ भन्ने नाराका साथ उक्त धमाकाको आयोजना गरिएको साईप्रस घेदुङ शाखाका अध्यक्ष साङमो थोकर तामाङले तेमाल अनलाइनलाई जानकारी दिइन् । कार्यक्रम ३ फरवारी २०१९ का दिन हुने थोकरले बताईन् ।

कार्यक्रममा नेपालबाट अतिथि कलाकारहरु पहिलो नेपाल आइडल सिजन १ बिजेता गायक बुद्ध लामा, म्हेन्दोमाया तथा सेलो गायक सुमन घलेको बेजोड प्रस्तुति हुने भएको छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएको बताउँदै उक्त धमाकामा सबै नेपालीहरु उपस्थिति रहने उनको भनाई छ ।

‘ल्होछार हाम्रो राष्ट्रिय पर्व भएकोले तामाङहरूलाई मात्रै नभइ गैरतामाङलाई पनि समेट्ने गरी मनाउन गइरहेका छौँ ।’ थोकरले भनिन्, ‘यस कार्यक्रम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भरपुर मनोरञ्जन दिलाउँनेछौं साथै खानाको पनि व्यवस्था गरिएको छ ।’

कार्यक्रममा आउन जान सवारी साधनको समेत व्यवस्था गरिएको छ । टिकटको भने २० यूरो लाग्ने उनले बताइन् । कार्यक्रमलाई सफल पार्नको लागि साईप्रसमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु अनिवार्य उपस्थितिको लागि अनुरोध समेत गरेकी छिन् ।

Comments

comments