तेमाल अनलाइन संबाददाता,

दक्षिण कोरिया ।  कोरियामा श्रमिकको २०१९ मा बृद्धि तलब आजबाट लागू भएको छ । यो तलब गत बर्षको तुलनामा १०.९% प्रतिशत ले बृद्धि भई ८३५० वोन प्रतिघण्टा र हप्तामा ४० घण्टा काम गर्ने श्रमिकको मासिक तलब १७,४५,१५० वोन भएको छ ।

गत वर्ष १५,७३,७७० वोन थियो । त्यस्तै ५ जना मुनि कामदार हुने रोजगारदाताले प्रति कामदार सरकारबाट पाउने यस अघिको १३ मान वोन (एक लाख तीस हजार)बाट बृद्धि भई १५ मान वोन (एक लाख पचास हजार) गरिएको छ ।

हामी धेरै को सोच श्रमिक को तलब बृद्धि भएर साहु डुब्छन भन्ने छ । वास्तवमा तलब बृद्धी भएर सरकार ले साहुहरुलाई ध्यानमा राखेर काम गरिरहेको छ । उनीहरुले सरकारबाट पनि रकम पाउने छनभने विभिन्न बहनामा कामदारका सेवा-सुबिधा पनि कटौती गरिराखेका छन ।

अहिलेसम्म कोरियामा जति पनि तलब बृद्धि भएको छ सबैजसो श्रमिक युनियनले गर्ने दबाबका कारण सम्भव भएको हो । सरकार र रोजगार दाता कहिले पनि श्रमिकको तलब बढाउने पक्षमा सकारात्मक हुदैन ।

अहिले पनि श्रमिक युनियन ले तलब बृद्धिसगैँ सेवा-सुबिधा पनि कटौती गरिनुहुदैन भनि दबाब शृजना गर्दै आईराखेको छ । सबै प्रवासी श्रमिकहरुलाई सहभागी हुन एमटियुले अनुरोध गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।