काठमाडौं ।सेलो गीत,संगीतको जगतमा फेरि नयाँ तामाङ  सेलो गीत रेश्मा बम्जन र योगेश लामाको “आमैले होई आमैले” म्युजिक भिडियो जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा प्रेम बल लामाको शब्द, योगेश लामाको संगित, फनिन्द्र राईको एरेन्ज, दिपेश प्रधानको मिक्सिङमा पर्पल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीत संगीतमा नै केही गर्छु भनेर सांगीतिक दुनियाँमा होमिएकी गायिका रेश्मा बोम्जनकी डम्फु र सेलो, मैले क्यारम भो, यो कान्छी, के सारो हेरेको च्याङ्बा जस्ता गितहरु श्रोता अनि दर्शक माझ लोकप्रिय छन् । गायक योगेश लामाको तामाङ ठिटो, आस्याङकी छोरी जस्ता गित सेलो बजारमा चलेका छन् ।

यस भिडियोमा च्याङ्बा र मैच्याङ बिचको माया पिरतीलाई देखाइएको छ । च्याङ्बाको भुमिकामा आरम्भ तामाङ छन भने मैच्याङको भुमिकामा रोहनि लामा छिन् । भिडियोलाई छायांकन, सम्पादन तथा निर्देशन समेत जिग्मे मिडियाका प्रोपाईटर सुर्य लामाले नै गरेका छन भने नृत्य निर्देशन अभि लामा, ड्रोन प्रविन राई, तथा श्रृङ्गार दिया रिजालले गरेका हुन ।

Comments

comments